
काठमाडौं ।
काठमाडौं महानगरपालिकाका नव निर्वाचित मेयर बालेन्द्र शाहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने बताएका छन्।
शपथ ग्रहणपछि सुन्धारामा रहेको महानगरको कार्यालयमा पदभार ग्रहण गर्दै गर्दा नगर कार्यपालिकाको सबै बैठक लाइभ गरिने र यसो गर्दा कसकसले योजनाको विरोध गर्छन् भन्ने जनताले प्रत्यक्ष देख्ने उनको भनाइ छ।
उनले पहिलो निर्णयका रुपमा नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन्।
आज अपरान्ह ४ बजेका लागि नगर कार्यपालिकाको पहिलो बैठक पनि बोलाइएको बताइएको छ।
प्रकाशित: १६ जेष्ठ २०७९, सोमबार