
काठमाडौं ।
सरकारले आगामी बजेटमार्फत राष्ट्रिय तथ्यांक प्रणालीको विकास गरी सबै प्रकारका तथ्यांकहरु डिजिटल माध्यममा अद्यावधिक गर्ने भएको छ।
आइतवार आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसको लागि राष्ट्रिय जनगणना २०७८ बाट प्राप्त तथ्यांकलाई आवधिक योजना तर्जुमाको आधार बनाईने घोषणा गरे।
उनकाअनुसार संघ प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्ने पूर्वाधार योजनाहरुको नक्सांकन गरी स्पष्ट गरिनेछ।
प्रकाशित: १६ जेष्ठ २०७९, सोमबार