
काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्षमा सुरक्षण मुद्रण केन्द्र र मुद्रण विभागलाई एक आपसमा गाभेर पुनर्संरचना गर्ने भएको छ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै नेपालमा नै गुणस्तीय सुरक्षित मुद्रण सम्बन्धी कार्य गर्नसक्ने गरी क्षमता विकास गर्नका लागि यो कदम अघि बढाईने बताए।
अर्थमन्त्री शर्माले सुरक्षण मुद्रण केन्द्र र मुद्रण विभागलाई एक आपसमा गाभी मुद्र कार्य एउटै छानामुनि ल्याउन संगठन पुनर्संरचना गरिने बताए। यसकासाथै बजेटमार्फत नेपालमा नै सुरक्षित मुद्रण कार्य गर्न सक्नेगरी यसको क्षमता विस्तार गरिने छ।
यसअघि २०७८ चैतमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेद्रबहादुर कार्कीले काभ्रेको पनौती नगरपालिका वडा न ५ मा बन्न लागेको बहुउद्देशीय सुरक्षण मुद्रण केन्द्र भवनको शिलान्यास गरेका थिए।
प्रकाशित: १६ जेष्ठ २०७९, सोमबार