
काठमाडौं ।
सरकारले आधुनिक प्रविधिबाट अपराध र अवैध कारोबार नियन्त्रण गर्ने भएको छ।
सीमा क्षेत्रमा हुने अपराध र अवैध कारोबार आधुनिक प्रविधिको प्रयोग गरी नियन्त्रण गर्नेगरी सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेको छ।
अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई प्रभावकारी बनाइने पनि बजेटमा उल्लेख गरिएको छ।
शान्ति सुरक्षा र कानूनी शासनको प्रत्याभूति गरी मानव अधिकारको संरक्षण गरिनेछ। आवश्यक स्रोत साधन उपलब्ध गराई सुरक्षा निकायको संस्थागत क्षमता विकास गरिने बजेटमा उल्लेख छ।
प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार