
काठमाडौं ।
सरकारले नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
आर्थिक आर्थिक वर्ष २०७९/८० को बजेटमा नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको हो।
एक घर परिवार एक रोजगार, एक बस्ती एक आर्थिक पहिचान, एक बजार अवधारणा कार्यान्वय गर्न प्रदेश तथा स्थानीयतहको लागत साझेदारीमा निजी क्षेत्रको सहकार्यमा नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन गरिनेछ।
यसका लागि आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रमसँग आवद्ध गरिनेछ। यस कार्यक्रमबाट आगामी वर्ष १ लाख नयाँ उद्योग तथा व्यवस्था थपिनेछ।
एक हजार ५०० नयाँ बजार केन्द्र विकास हुने, २ हजार ५०० वटा नयाँ साप्ताहिक हाट बजार सञ्चालन हुने र एक हजार ५०० वटा व्यापार मेला आयोजना हुने अर्थमन्त्री जर्नादन शर्माले प्रस्तुत गरेको बजेटमा उल्लेख छ।
नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका मार्फत् आगामी वर्ष १ लाख नयाँ रोजगारी सिर्जना हुने बजेटमा उल्लेख छ।
प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार