हुलाक सेवा विभागमा डिजिटल दर्ता चलानी शुरु, ७३ जिल्लामा पुग्यो अनलाइन ट्र्याकिङ्ग प्रणाली

  • Technology Khabar | १५ जेष्ठ २०७९, आईतवार
हुलाक सेवा विभागमा डिजिटल दर्ता चलानी शुरु, ७३ जिल्लामा पुग्यो अनलाइन ट्र्याकिङ्ग प्रणाली

काठमाडौं ।

हुलाक सेवालाई आधुनिकीकरण गर्ने क्रममा हुलाक सेवा विभागले डिजिटल दर्ता चलानी सुरू गरेको छ।

शनिबार सार्वजनिक भएको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणअनुसार विभागले डिजिटल दर्ता चलानी सुरू गरेको उल्लेख छ।

हुलाक सेवा विभागमा दर्ता चलानीको कार्यलाई कार्यालय स्वचालन प्रणाली (अफिस अटोमेसन सिस्टम) नामक वेबमा आधारित सफ्टवेयर सञ्चालन गरी डिजिटल दर्ता चलानी सुरू गरिएको छ।

तथ्यांकअनुसार हुलाक सेवामा अनलाइन ट्र्याकिङ्ग प्रणाली हाल ७३ जिल्लामा पुगिसकेको छ भने चालु आवमा यस्तो जिल्ला ७५ पुर्याउने लक्ष्य रहेको छ।

विभागले यसअघि नै सूचना प्रविधिको प्रयोग गर्नेगरी हुलाक सेवामा गुगल प्लस कोड समावेश गरिसकेको छ।

त्यसैगरी सरकारी सेवालाई अनलाइनमार्फत सेवा प्रवाह गर्ने निकायहरु आर्थिक वर्ष २०७८/७९ मा ४२ ओटा पुगेका छन यसअघिको आर्थिक वर्षमा यस्तो संख्या २२ मात्र थियो।

प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार