स्मार्ट ड्राइभिङ लाइसेन्स लिने सेवाग्राहीको संख्या २३ लाख ३७ हजार

  • Technology Khabar | १५ जेष्ठ २०७९, आईतवार
स्मार्ट ड्राइभिङ लाइसेन्स लिने सेवाग्राहीको संख्या २३ लाख ३७ हजार

काठमाडौं ।

सवारी चालक अनुमति पत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) लिने सेवाग्राही करिब साढे २३ लाख पुगेका छन्।

सरकारले शनिबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार मुलुकभर स्मार्ट ड्राइभिङ लाइसेन्स लिने सेवाग्राही २३ लाख ३७ हजार ५०२ पुगेका छन्।

चालु आर्थिक वर्षको फागुनमसान्तसम्म २ लाख ४६ हजार ६५२ जनाले स्मार्ट ड्राइभिङ लाइसेन्स लिएका छन्। गत आवमा स्मार्ट ड्राइभिङ लाइसेन्स लिनेको संख्या २० लाख ९० हजार ८५० थियो।

नेपालमा २०७० कात्तिकमा एसियाली विकास बैंक (एडीबी)को करिब १५ करोड रुपैयाँको सहयोगमा इन्फर्मेसन कम्यूनिकेसन टेक्नोलोजी (आईसीटी) परियोजनाअन्तर्गत स्मार्ट कार्ड ड्राइभिङ लागू भएको थियो।

यातायात व्यवस्था विभागले २०७२ मंसिरदेखि तत्कालिन बागमती अञ्चलबाट स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण शुरु गरेको थियो।

प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार