
काठमाडौं ।
रियलमीले आफ्नो पहिलो अफलाईन फ्ल्यागशिप स्टोर खोलेको छ।
कम्पनीको आफ्नो पहिलो अफलाइन फ्ल्यागशिप स्टोर भारतको अहम्दावादमा खोलेको हो। हाल उक्त स्टोर ट्रायलको रुपमा खोलिएको छ।
अफलाइन फ्ल्यागशिप स्टोर आधिकारिक रुपमा भने जुन १ तारिखदेखि सञ्चालनमा आउने छ।
कम्पनीले शुरुवाती १०० ग्राहकलाई २ हजार भारु बराबरको गिफ्ट पनि दिने घोषणा गरेको गिगमोचाइनाले लेखेको छ।
रियलमीले हंगेरीको बुडापेस्टमा रहेको लुर्डी हज सपिङ मलमा भोलिदेखि अफलाईन स्टोर सञ्चालनमा ल्याउने छ।
प्रकाशित: १४ जेष्ठ २०७९, शनिबार