
काठमाडौं ।
राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)को कार्यकारी निर्देशक पदका लागि सरकारले आवेदन माग गरेको छ।
सो पदमा नियुक्त गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन माग गर्दै दरखास्त आव्हान गरेको छ।
सार्वजनिक सूचनाअनुसार सो पदका लागि कम्प्यूटर इन्जिनियरिङ्ग, विज्ञान, अर्थशास्त्र वा बाणिज्य शास्त्रमा स्नातकोत्तर गरेको हुनुपर्नेछ भने सूचना प्रविधिको विषयमा कम्तीमा १ वर्षको तालिम र कम्तीमा १० वर्षको अनुभव भएको हुनुपर्नेछ।
त्यसैगरी दरखास्त दिने व्यक्ति ६५ वर्ष ननाघेको हुनुपर्ने प्रावधान राखिएको छ।
दरखास्त दिने ईच्छुक व्यक्तिले संस्थाको लागि व्यावसायिक कार्ययोजना समेत पेश गर्नुपर्ने हुन्छ भने स्वघोषणा समेत बुझाउनुपर्नेछ।
यहि जेठ १२ गते माग गरिएको आवेदनअनुसार १२ औं दिनभित्र ईच्छुक प्रतिस्पर्धीहरुले आवेदन दिन सक्नेछन्।
मन्त्रालयले सो पदका लागि उम्मेदवारले पेश गरेको व्यावसायिक कार्ययोजना, सोको प्रस्तुतीकरण र अन्तरवार्ताको मूल्यांकनका आधारमा नियुक्तिको लागि सिफारिस गरिने जनाएको छ।
यसअघि नियुक्त भएका कार्यकारी निर्देशक सुनिल पौडेललाई सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्त गरेपछि उनले सो पदबाट राजीनामा दिएका थिए।
सम्बन्धित समाचार-
नेपाल टेलिकमका विवादित नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलको पदभार ग्रहण
सोही समयदेखि सो पद रिक्त रहँदै आएको छ भने हाल सफल श्रेष्ठले निमित्त कार्यकारी निर्देशकको रुपमा काम गर्दै आएका छन्।
nitcयो पनि हेर्नुस्-
एउटै सरकारी ईमेल बनाएको झण्डै १० हजार रुपैयाँ, किनेका मध्ये २५ प्रतिशत मात्र सक्रिय !
प्रकाशित: १३ जेष्ठ २०७९, शुक्रबार