
काठमाडौं ।
मस्कले किन्ने समाचारपछि ट्विटरको शेयर मूल्य बढेको छ।
अमेरिकाको सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिशनमा इलन मस्कले ट्विटर किन्नका लागि दिएको आवेदनको जानकारी बाहिरिएपछि शेयरको मूल्य बढेको टेकक्रन्चले उल्लेख गरेको छ।
मस्कले यसअघि ट्विटर किन्नका लागि अन्य होल्डिङमार्फत् १२.५ अर्ब डलर ऋण लिने बताएका थिए।
हाल भने मस्कले ३३.५ अर्ब डलरकै ट्विटरको स्वामित्व लिने योजना बनाइरहेका छन्।
टेस्ला तथा स्पेसएक्सका प्रमुख मस्कले ट्विटरका पूर्व सीईओ ज्याक डोर्सीसँग सम्वाद गरिरहेको तथा अन्य संस्थालाई उक्त सम्झौताका लागि सहयोग गर्न आग्रह गरिरहेको सीएनबीसीले जनाएको छ।
कम्पनीको सबैभन्दा बढी शेयर किनेर बोर्डमा समेत बसेका मस्कले त्यसलगत्तै ट्विटरको स्वामित्व किन्ने इच्छा देखाएका थिए।
प्रकाशित: १३ जेष्ठ २०७९, शुक्रबार