
काठमाडौं ।
सरकारले सिप तथा रोजगार विकासका लागि ई-डाइरेक्टरी तयार पार्ने भएको छ।
सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को लागि सरकारको नीति तथा कार्यक्रम आज संघीय संसदको संयुक्त बैठकबाट सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ई-डाइरेक्टरी तयार पार्ने घोषणा गरिन्।
सार्वजनिक निजी र सहकारी क्षेत्रमा उपलब्ध रोजगारीका अवसर सम्बन्धी एकीकृत सूचना प्रणालीको विकास गरी सिप तथा रोजगार ई-डाइरेक्टरी तयार गरिने भएको छ।
यसका साथै वैदेशिक रोजगारलाई व्यवस्थित गर्न वैदेशिक रोजगार सूचना प्रणालीको स्तरोन्नति गरिने भएको छ।
प्रकाशित: १० जेष्ठ २०७९, मंगलवार