
काठमाडौं ।
सरकारले उद्योग प्रशासनलाई सरल र प्रविधिमैत्री बनाउने भएको छ।
सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को लागि सरकारको नीति तथा कार्यक्रम आज संघीय संसदको संयुक्त बैठकबाट सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग प्रशासनलाई सरल र प्रविधिमैत्री बनाइने घोषणा गरिन्।
‘एकल बिन्दु सेवा केन्द्रहरुलाई अधिकारसम्पन्न र प्रविधिमा आधारित बनाइनेछ। उद्योग तथा व्यवसायको स्थापना, सञ्चालन र बहिर्गमनको अभिलेखन एवं सहजीकरणसम्बन्धी सेवा विद्युतीय माध्यमबाट उपलब्ध हुने प्रबन्ध मिलाइनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ।
प्रकाशित: १० जेष्ठ २०७९, मंगलवार