विगत ५ वर्षदेखि चीन लिथियम ब्याट्रीको सबैभन्दा ठूलो उपभोक्ता

  • Technology Khabar | १० जेष्ठ २०७९, मंगलवार
विगत ५ वर्षदेखि चीन लिथियम ब्याट्रीको सबैभन्दा ठूलो उपभोक्ता

काठमाडौं ।

विश्वमै लिथियम आयन ब्याट्रीको सबैभन्दा बढी उपयोग गर्नेमा चीन शीर्ष स्थानमा रहेको छ । उद्योग तथा सूचना प्रविधि मन्त्रालयको सीसीआईडी अनुसन्धान संस्थाले हालै सन् २०२१ मा चीनमा लिथियन ब्याट्री उद्योग विकास सम्बन्धी श्वेतपत्र जारी गरेको छ।

उक्त रिर्पोटमा चीन विगत ५ वर्षदेखि लिथियम ब्याट्रीको सबैभन्दा ठूलो उपभोक्ता रहेको उल्लेख छ। श्वेतपत्रले चीनको लिथियम ब्याट्री उद्योगको विकासमा ठूलो वृद्धि भएको देखाउने गिज्जचाइनामा उल्लेख छ।

सन् २०२१ को चौथो क्वाटरमा सूचांक ३०७.६ पुगेको छ। सन् २०१७ को सोही अवधिसँग तुलना गर्दा यो ३ गुणा बढी हो। सन् २०१७ को चौथो क्वाटर पछि चीनको लिथियम ब्याट्री उद्योगको समग्र विकास सूचांक स्थिर माथिल्लो विन्दुमा रहेको तथ्यांकमा प्रष्ट रुपमा देखिन्छ।

सन् २०२१ सम्म आई पुग्दा चीनमा लिथियम ब्याट्री उत्पादन गर्ने उद्योग पनि उच्च दरमा वृद्धि भइरहेको छ।

विश्वव्यापी परिपक्ष्यमा हेर्दा चीन लगातार ५ वर्षदेखि संसारकै सबैभन्दा बढी लिथियम ब्याट्री उपभोग गर्ने मुलुकमा शीर्ष स्थानमा छ। सन् २०२१ मा विश्वव्यापी लिथियम आयन ब्याट्री बजारको हिस्सा ५४५ जीडब्ल्यूएच रहेको गिज्जचाइनामा उल्लेख छ।

सन् २०२१ मा चीनले ब्याट्रीको उत्पादन ७० प्रतिशतले बढाएको छ। लिथियम ब्याट्री उत्पादकहरु मध्येमा भने छैटों स्थानमा रहेको छ। चीनमा लिथियम ब्याट्रीको माग उच्च रहेकाले यस सेग्मेन्टका धेरै कम्पनी उद्योग खोल्न लालायित छन्।

प्रकाशित: १० जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • १० जेष्ठ २०७९, मंगलवार