भारतीय रकेट प्रक्षेपण स्टार्टअप स्काइरूटको तेस्रो चरणको पूर्ण-अवधि परीक्षण पूरा

  • Technology Khabar | ८ जेष्ठ २०७९, आईतवार
भारतीय रकेट प्रक्षेपण स्टार्टअप स्काइरूटको तेस्रो चरणको पूर्ण-अवधि परीक्षण पूरा

काठमाडौं ।

सोलिड रकेट प्रोपल्सन चरणको डिजाइन, निर्माण र परीक्षण गर्ने पहिलो निजी भारतीय कम्पनी स्काइरुट यसको विक्रम-१ लन्चिङ्ग भेहिकलको विकासमा अर्को प्रमुख माइलस्टोनमा पुगेको छ। यसले रकेटको तेस्रो चरणको पूर्ण-अवधि परीक्षण गरेको टेकक्रन्चले उल्लेख गरेको छ।

भारतीय रकेट वैज्ञानिक र पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामलाई श्रद्धाञ्जली दिँदै कलाम-१०० नामाकरण गरिएको तेस्रो चरण, कम्पनीको डेब्यू रकेटको मात्र एक भाग हो। विक्रम-वानमा तीन ओटा सोलिड इन्धन चरणहरू रह‍ेका छन् । यसका साथै सानो स्याटेलाइट प्रक्षेपण बजारमा सेवा दिन डिजाइन गरिएको लिक्विड इन्धनयुक्त किक स्टेज समावेश छ। यो ४८० किलोग्राम सम्मका साना स्याटेलाइट पृथ्विको तल्लो कक्षहरूमा लैजानको लागि डिजाइन गरिएको छ। कम्पनीले आफ्नो वेबसाइटमा उल्लेख गरेअनुसार यसलाई २४ घण्टा भित्र कुनै पनि प्रक्षेपण साइटबाट एसेम्बल गर्न र लन्च गर्न डिजाइन गरिएको हो।

विक्रम-१ स्काइरूटले हाल विकास गरिरहेको रकेटको तीनओटा मध्ये एक हो; अन्य दुई, विक्रम-२ र विक्रम-३, धेरै अर्बिटल इन्सर्सनहरूका साथमा भारी पेलोडहरू बोक्न सक्षम हुने स्काइरूटले बताएको छ।

रकेट चरणको परीक्षण फायरिङ भारतको नागपुर शहरको निजी परीक्षण रेन्जमा भएको सीईओ पवन कुमार चन्दनाले जानकारी दिएका छन्। त्यो रेन्ज स्काइरूटको लगानीकर्ता र औद्योगिक विस्फोटक, गोला बारुद र प्रोपल्सन प्रणाली निर्माता सोलार इन्डस्ट्रिज इन्डियाको हो।

अर्को चरणहरू चरण १ र चरण २ को लागि परीक्षण फायरिङहरू हुने चन्दनाले बताएका छन्। कम्पनीको हालको कोष, १ करोड १० लाख डलर सिरिज ए र ४५ लाख डलर ब्रिज राउन्ड सहितले परीक्षणको अधिकांश लागतहरू कभर गर्नेछ। स्काइरूट कम्पनीलाई “मल्टि अर्बिटल प्रक्षेपणहरू” मा लैजानको लागि सीरीज बी बढाउने प्रक्रियामा रहेको उनले बताएका छन्।

यो सबै कोषले अर्को वर्षको सुरुमा कम्पनीको पहिलो व्यावसायिक कक्षीय मिशनको साथ, यस वर्षको अन्त्यसम्ममा स्काइरूटलाई टेक्नोलोजी प्रदर्शन प्रक्षेपणमा लैजानुपर्छ। प्रक्षेपण श्रीहरिकोटा टापुमा रहेको भारतको स्पेसपोर्टबाट उड्ने छ, र स्काइरूटलाई निजी रकेटहरू निर्माण र प्रक्षेपण गर्ने पहिलो निजी भारतीय कम्पनी बनाउनेछ।

प्रकाशित: ८ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार