आइसीटीको माध्यमबाट शैक्षिक क्रियाकलाप सञ्चालन गरिने शिक्षामन्त्रीको भनाई

  • Technology Khabar | ७ जेष्ठ २०७९, शनिबार
आइसीटीको माध्यमबाट शैक्षिक क्रियाकलाप सञ्चालन गरिने शिक्षामन्त्रीको भनाई

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा आइसीटीको माध्यमबाट शैक्षिक प्रशासन एवम् शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न लागेको बताएका छन्।

शुक्रबार विकास साझेदारीका प्रतिनिधि एवम् विज्ञहरुसँगको प्रि–बजेट समिक्षा बैठकमा मन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले कोभिडको समयमा गुमेको सिकाई क्षति कम गराउन शैक्षिक क्षतिपूर्ति योजना बनाएर अघि बढ्ने बताए।

‘शिक्षक दरबन्दी, शैक्षिक गुणस्तर र विद्यालयको भौतिक संरचना बनाउने योजनाका साथ अघि बढेका छौं,’ मन्त्री पौडेलले भने, ‘यी कार्यहरू पूरा गर्न आगामी तीन वर्ष लाग्न सक्न। यसमा दातृ निकायले सहयोग गर्नुपर्यो ।’

प्राविधिक तथा व्यवसायिक शिक्षा र सीप विकासको कार्यमा पहुँच र गुणस्तर बढाउन प्रत्येक स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षालयको पहुँच विस्तार गर्न र सिकेको ज्ञान र सीपलाई रोजगारी र आर्य आर्जनसँग आबद्ध गर्ने गरी सिक्दै कमाउँदै कार्यक्रम परीक्षण रुपमा कार्यान्वयनमा ल्याएको बताए ।

मन्त्री पौडेलले बदलिँदो परिवेशअनुकुल शैक्षिक गुणस्तर सुधार हुने गरी विद्यालय शिक्षा सुधार योजना तयार गरिएको बताए।

प्रकाशित: ७ जेष्ठ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Lumbini Tech partners Upcode Nepal for Smart City Tech ecosystem

  • Technology Khabar
  • ७ जेष्ठ २०७९, शनिबार