स्मार्टच्वाईस टेक्नोलोजिज र फर्स्ट पेबीच स्मार्ट अन्तर आवद्धताको लागि सम्झौता

  • Technology Khabar | ७ जेष्ठ २०७९, शनिबार
स्मार्टच्वाईस टेक्नोलोजिज र फर्स्ट पेबीच स्मार्ट अन्तर आवद्धताको लागि सम्झौता

काठमाडौं ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फर्स्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र फर्स्ट पे क्यूआरबीच अन्तर आवद्धताको लागि सम्झौता सम्पन्न भएको छ।

हालै स्मार्टच्वाईस टेक्नोलोजिजको गैरीधारास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र फर्स्ट पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ रिजालले सो सेवा सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरे।

नेपाल राष्ट्र बैंकद्वारा २०७८ माघमा जारी गरेको परिपत्रका आधारमा सबै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकलाई अन्तर आवद्धताको लागि दिएको निर्देशन अनुरुप यो सम्झौता सम्पन्न भएको हो।

बिगत २० वर्षदेखि कार्ड लगायत भूक्तानीका बिभिन्न सेवा दिँदै आइरहेको स्मार्टच्वाईस टेक्नोलोजिज र युनियन पेमा आबद्ध भूक्तानी संयन्त्रमार्फत कारोबार गर्न सकिने क्यूआर सेवा प्रदान गर्दै आएको फर्स्ट पे टेक्नोलोजिज बिच भएको यो सहकार्यले भूक्तानी क्षेत्रको समग्र विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ।

यस सम्झौता पश्चात फर्स्ट पे क्यूआरको सुविधा लिएका बिभिन्न व्यापार-व्यवसायलाई स्मार्ट क्यूआरको नेटवर्क अन्तरगत रहेको भूक्तानी सेवा प्रदायक वालेट तथा मोबाइल बैंकिङ्ग एपमार्फत ग्राहकहरुले सहज र सुरक्षित रुपमा भुक्तानी गर्न सक्छन भने स्मार्ट क्यूआर मार्फत भूक्तानी लिँदै आएका व्यापार–व्यवसायले फर्स्ट पे नेटवर्कमा आबद्ध ग्राहकहरु मार्फत पनि भूक्तानी लिन मिल्ने भएको छ।

प्रकाशित: ७ जेष्ठ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...