
काठमाडौं ।
ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शाओमी एस १ एक्टिभ, रेड मि स्मार्ट ब्यान्ड प्रो र मि होम सेक्युरिटी क्यामरा ३६० नेपाली बजार मा ल्याएको छ।
शाओमीको स्मार्ट अप्लाएन्स सेग्मेन्ट अन्तर्गतको होम सेक्युरिटी क्यामरा घरको सुरक्षाको निम्ति हो भने बाँकी दुई स्मार्ट वाचहरु हुन्।
शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित पंडाले भने,“ हामी सँधै सर्वोत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट डिजाइनयुक्त डिभाइसहरु हाम्रो उपभोक्ता माझ ल्याउन प्रयासरत छौँ। हामी चाहन्छौँ कि हाम्रा उपभोक्ताहरुको लागि दैनिक जीवनमा अत्यन्त काम लाग्ने व्यावहारिक, राम्रो पर्फर्मेन्स भएको र उपयोगी फिचरहरु भएको उत्पादनहरु दिन सकौँ।
उक्त उत्पादनहरुको बारेमा थप बोल्दै पंडाले भने, “शाओमी एस् वान एक्टिभ फिट्नेसमा रुची राख्ने व्यक्तिहरुको लागि उपयोगी लेटेस्ट र स्टाइलिश स्मार्टवाच हो । यसमा १. ४३ इन्च को हाइ रेजोल्युसन एमोलेड डिस्प्ले र ६० हर्जको हाइ रिफ्रेस स्क्रिन रहेको छ। यसले चौबिसै घण्टा मुटुको चाल रेकर्ड गर्नुको साथै अन्य ११७ ओटा फिट्नेस मोडहरु पनि रहेको छ। नर्मल मोडमा १२ दिन र ब्याट्रि सेभर मोडमा २४ दिन टिक्ने यो स्मार्ट वाच वाटरप्रुफ पनि छ। खेलप्रेमीहरुको लागि विशेष रुपमा डिजाइन गरिएको यो स्मार्ट वाच हलुका हुनुको साथै यसमा भएको डुअल ब्यान्ड जिपिएसले मल्टिपल स्याटेलाइट नेभिगेसन सिस्टम सपोर्ट गर्छ जसले गर्दा ठेगानाहरु छिटो र सहिरुपमा ट्र्याक हुन्छ।

यस्तै रेड्मी स्मार्ट ब्यान्ड प्रो पनि १.४७ इन्चको फुल एमोलेड डिस्प्लेसहित उपलब्ध छ जसले रगतमा भएको अक्सिजन लेभल जाँच्नुको साथै चौबिसै घण्टा मुटुको चाल पनि रेकर्ड गर्दछ। वाटर रेसिस्टन्ट यो स्मार्ट वाचमा ११० भन्दा बढी वर्क आउट मोडहरु छन्।

त्यस्तै मि होम सेक्युरिटी क्यामरा ३६० बाट मधुरो उज्यालोमा पनि फुल कलर प्यालेट देख्न सकिन्छ। यी क्यामराहरुले ३६० एङलबाटै मोसन डिटेक्ट गर्दै तुरुन्तै अलार्म पठाउँछन् जसले गर्दा घरमा कोही प्रवेश गर्न लागेको जानकारी पहिला नै पाईन्छ। साथै यसमा भएको टु वे अडियो टक ब्याक फिचर ले गर्दा जहाँबाट पनि आफ्नो परिवार सँग कुरा गर्न सकिन्छ। यसमा ३२ जीबीसम्मको स्टोरेज छ र यसलाई घरको जुनसुकै कुनामा सजिलैसँग फिट गर्न सकिन्छ।
शाओमी एस् वान एक्टिभ स्मार्ट वाचको मुल्य नेपाली रुपैयाँ २२,९९९ रहेको छ भने रेड मि स्मार्ट ब्याण्ड प्रोको मुल्य रु ६,१९९ रहेको छ। त्यस्तै मी होम सेक्युरिटी क्यामरा ३६० को मुल्य रु ४,४९९ रहेको छ र यी तीन ओटै उत्पादनहरु मी नेपालको सम्पूर्ण आधिकारिक स्टोरहरुमा उपलब्ध छन्।
प्रकाशित: ७ जेष्ठ २०७९, शनिबार