समृद्धि फाइनान्समा आरटिजीएस सुबिधा

  • Technology Khabar | ५ जेष्ठ २०७९, बिहीबार
समृद्धि फाइनान्समा आरटिजीएस सुबिधा

काठमाडौं ।

समृद्धि फाइनान्सले जेठ ४ गते बुधबारदेखि रियल टाइम ग्रस सेटलमेन्ट(आरटिजीएस) प्रणालीमा सिधै सहभागीको रुपमा आबद्ध भइ कारोबार गर्ने भएको छ।

नेपाल राष्ट्र बैंकबाट अनुमति लिई भुक्तानी प्रणाली विभागको सहकार्यमा आरटिजीएस सेवा संचालमा आएको यस संस्थाका व्यवसाय प्रबर्द्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन्।

फाइनान्सले मुद्दति निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधिकतम १०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ।

फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ।

प्रकाशित: ५ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार