आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुलाई निःशुल्क सुनको सिक्का

  • Technology Khabar | ५ जेष्ठ २०७९, बिहीबार
आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुलाई निःशुल्क सुनको सिक्का

काठमाडौं ।

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रबर्द्धित आइएमई पेले हवाई टिकटमा निःशुल्क सुनको सिक्का जित्न मिल्ने योजना सार्वजनिक गरेको छ।

आइएमई पे मोबाईल वालेट एपबाट हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का पाउने प्रबन्ध मिलाइएको छ।

यसका अतिरिक्त योजना अवधिभर हरेक दिन आइएमई पे एपबाट हवाई टिकट काट्दा दैनिक १ भाग्यशाली बिजेताले दुईवटा चन्द्रागिरि केबलकारको टिकट र हरेक हप्ता १ भाग्यशाली बिजेताले एउटा चाँदीको सिक्का पनि जित्न सक्नुहुन्छ।

बढी यात्रुहरुलाई हवाई यात्राका उत्साह प्रदान गर्न र पुराना यात्रुहरुलाई निरन्तरता दिन प्रेरित गर्न आइएमई पेले यस योजना सार्वजनिक गरेको हो।

यस योजनालाई संचालन गर्नका लागि कम्पनीले केहि निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ। जसअनुसार, आइएमई पे एपको सम्पूर्ण दर्ता भएका प्रयोगकर्ताहरु यस योजनाको निम्ति योग्य हुनेछन्।

आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरू मध्ये हरेक दिन १ भाग्यशाली बिजेताले चन्द्रागिरि केबलकारको दुई ओटा टिकट प्राप्त गर्न सक्नुहुनेछ। आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरू मध्ये हरेक हप्ता ५ भाग्यशाली बिजेताले १ चाँदीको सिक्का प्राप्त गर्न सक्नेछन्।

आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरू मध्ये हरेक १५ दिनमा १ भाग्यशाली बिजेताले १ सुनको सिक्का बम्पर उपहार स्वरूप प्राप्त गर्ने कम्पनीले जनाएको छ।

प्रकाशित: ५ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार