ह्वावे एप ग्यालरीमा समस्या, प्रिमियम एप पनि निःशुल्क डाउनलोड हुँदै

  • Technology Khabar | ५ जेष्ठ २०७९, बिहीबार
ह्वावे एप ग्यालरीमा समस्या, प्रिमियम एप पनि निःशुल्क डाउनलोड हुँदै

काठमाडौं ।

ह्वावे एपस्टोर ‘एपग्यालरी’ मा ग्लिच (समस्या) भेटिएको छ। ्गि

ग्लिचका कारण प्रयोगकर्ताले ह्वावे एपग्यालेरीबाट प्रिमियम एप निःशुल्क डाउनलोड गर्न पाइरहेका छन्।

उक्त ग्लिच डायलन रुसेल नामका प्रयोगकर्ताले पत्ता लगाएका हुन्। उनले ह्वावेको एपग्यालेरी एपीआईले सःशुल्क प्रयोगकर्ताका लागि कुनै सुरक्षा प्रदान नगर्ने तथ्य पत्ता लगाएका हुन्।

उक्त ग्लिचका कारण एपग्यालेरीमा रहेका प्रिमियम एपहरु बिना भुक्तानी डाउनलोड गर्न सम्भव भएको हो।

यो समस्या एउटा एपमा मात्र नभएर अन्यमा पनि भएको हुन सक्ने कुरा सुनिश्चित गर्न उनले विभिन्न एपहरु डाउनलोड गरेका थिए। त्यसमा पनि उनी सफल भएका थिए।

तर उनले डाउनलोड गरेको एउटा गेममा भने लाइसेन्स भेरिफिकेसन माग गरिएको थियो। त्यसमा भने उनी सफल हुन सकेनन्।

रुसेलले यस त्रुटिको बारेमा ह्वावेलाई मेल गरेर ५ हप्ता भित्रमा ठिक गर्न सुझाव दिएका थिए। तर १३ हप्ता बित्दा पनि यो त्रुटि अझै कायम छ।

उनको आग्रहलाई कम्पनीले गम्भीरता पूर्वक नलिएकालेे उनी ह्वावेको एपग्यालरीमा रहेको त्रुटि सार्वजनिक रुपमै खुलासा गर्ने निर्णयमा पुगे।

ह्वावेको अनभिज्ञताका कारण एपग्यालरीमा आफ्नो एपहरु प्रकाशित गर्ने डेभलपरहरुको आम्दानीमा ठूलो असर पर्ने देखिन्छ। यसका कारण एपको पाइरेसी (डुप्लिकेसन)को खतरा पनि बढेको उनको बुझाइ छ।

प्रयोगकर्ताहरुले एप ग्यालरीभित्र नपसी ठूलो संख्यामा एप डाउनलोड गर्ने सम्भावना रहने गिज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: ५ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार