
काठमाडौं ।
सामसङ ग्यालेक्सी एस२१ सिरिजको उत्पादनसँगै सामसङका फ्ल्यागशिप फोनहरुको खरिद गर्ने ग्राहकले चार्जर पाइरहेका छैनन्।
यसअघि एप्पलले पनि आफ्नो फोनहरुमा चार्जर दिन छोडिसकेको छ। प्रतिस्पिर्धी कम्पनी एप्पलले जस्तै सामसङले पनि वातावरण संरक्षणका लागि यस्तो गरेको दावी गरेको छ।
एप्पलले जस्तै सामसङले पनि ब्राजिलमा मुद्दाको सामना गर्नु पर्ने हुन सक्ने गिगचाइनाले उल्लेख गरेको छ।
साममोबाइलको रिपोर्ट अनुसार सामसङको उक्त प्रवृत्तिका कारण ब्राजिलियन अधिकारीहरुले मद्दा दायर गर्न सक्ने सम्भावना देखिएको छ। सामसङले चार्जरलाई फोनको एक हिस्साको रुपमा ढुवानी नगरेको आरोपमा ब्राजिलले मुद्दा दायर गर्न सक्छ।
एप्पलले आईफोन बक्सबाट चार्जर हटाएसँगै ब्राजिलको स्थानीय उपभोक्ताको कानून उल्लघंन भएको थियो ठहर गरिएको थियो। उक्त घटनासँगै ब्राजिलको एक अदालतले हालै आईफोन खरिद गरेका ग्राहकलाई ५ हजार रियास अर्थात (१ हजार ८२ अमेरिकी डलर) आईफोनले क्षतिपूर्ति दिनु पर्ने फैसला गरेको गिगचाइनाले उल्लेख गरेको छ।
उपभोक्ता संरक्षण एजेन्सीका अनुसार एप्पलले उत्पादन प्याकेजिङमा चार्जर नदिएर ब्राजिलको उपभोक्ता संरक्षण कानूनको उल्लङ्घन गरेको छ। हाल सामसङले पनि चार्जर हटाएसँगै ब्राजिलको उक्त कानून आकर्षित भएको छ। जसका कारण सामसङले पनि एप्पलको जस्तै ब्राजिलमा मुद्दाको सामना गर्नु पर्ने हुन सक्छ।
प्रकाशित: ५ जेष्ठ २०७९, बिहीबार