स्टेलान्टिसले भारतमा लन्च गर्दै आफ्नो पहिलो विद्युतीय कार

  • Technology Khabar | ५ जेष्ठ २०७९, बिहीबार
स्टेलान्टिसले भारतमा लन्च गर्दै आफ्नो पहिलो विद्युतीय कार

काठमाडौं ।

प्रसिद्ध कार निर्माता कम्पनी स्टेलान्टिसले अर्को वर्ष भारतमा आफ्नो पहिलो इलेक्ट्रिक कार लन्च गर्ने भएको छ। कम्पनीले आफ्नो सिट्रोन ब्राण्ड अन्तर्गत यो इलेक्ट्रिक कार लन्च गर्नेछ। सन् २०३० सम्ममा कम्पनीको कुल बिक्रीको ३० प्रतिशत विद्युतीय सवारी साधनबाट हुने अनुमान गरिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कार्लोस टाभारेसले सो जानकारी दिएका हुन् ।

भारतका लागि विद्युतीय गाडीको कम्पनीको योजनाबारे टाभारेसले भने, “हाम्रो पहिलो विद्युतीय गाडी अर्को वर्ष आउनेछ,” उनले भने, “भारतमा विद्युतीय सवारीसाधन सिट्रोन ब्राण्ड अन्तर्गत मात्रै लन्च गरिने छ।”

भविष्यमा भारतमा कुल बिक्रीमा विद्युतीय सवारी साधनको हिस्सा के हुन सक्छ? भन्ने प्रश्नको उत्तरमा टाभरेसले भने, ‘सन् २०२५ सम्ममा यो पाँचदेखि दश प्रतिशत र दशकको अन्त्यसम्ममा २५ देखि ३० प्रतिशतसम्म पुग्न सक्छ।”

कम्पनीको पहिलो इलेक्ट्रिक कार सीएमपी प्लेटफर्ममा आधारित हुनेछ जुन करिब ९० प्रतिशतभन्दा बढी स्थानीय रूपमा निर्मित हुनेछ। यो त्यही आर्किटेक्चर हो जुन चाँडै लन्च हुने सिट्रोन सी३ ह्याचब्याकमा देखिनेछ। यहाँ नयाँ सिट्रोन इलेक्ट्रिक कारले भारतीय इलेक्ट्रिक भेहिकल टाटा पंच ईभीसँग प्रतिस्पर्धा गर्नेछ, जसलाई टाटाले एकै समयमा लन्च गर्न सक्ने बताइएको छ।

प्रकाशित: ५ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • ५ जेष्ठ २०७९, बिहीबार