२०२१ मा चिप कम्पनी आर्मको कीर्तिमानी नाफा

  • Technology Khabar | २ जेष्ठ २०७९, सोमबार
२०२१ मा चिप कम्पनी आर्मको कीर्तिमानी नाफा

काठमाडौं ।

सबै स्मार्टफोनमा प्रयोग हुने चिप निर्माता कम्पनी आर्मले २०२१ मा कीर्तिमानी मुनाफा गरेको छ।

क्वालकम स्न्यापड्रागन, मिडियाटेक डाइमेन्सिटी, एप्पल सिलिकन तथा सामसङ एक्जिनोसजस्ता हाल उपलब्ध चिपहरु आर्म प्रविधिमै आधारित हुन्छन् जसमा विशेषगरी आर्म कर्टेक्स सीपीयू कोर तथा आर्म माली जीपीयू कोर समावेश छन्।

आइतबार आर्मले २०२१ को आम्दानी विवरण सार्वजनिक गरेको थियो जसमा कम्पनीले कीर्तिमानी मुनाफा गरेको आँकडा समावेश छ।

सञ्चारमाध्यमलाई उपलब्ध गराइएको विज्ञप्तिमा आर्मले २०२१ मा अघिल्लो वर्षको तुलनामा समग्रमा ३५ प्रतिशत व्यापार बढेर २ अर्ब ७० करोड डलर पुगेको आँकडा उल्लेख गरेको छ।

मुनाफाका हकमा भने कम्पनीले १ अर्ब डलर कमाएको देखिन्छ जुन अघिल्लो वर्षको तुलनामा ६८ प्रतिशतले बढी भएको गिज्मोचाइनाले उल्लेख गरेको छ। यस हिसाबले कर कट्टा गरेपछि कम्पनीको मुनाफा मार्जिन समग्रमा ३७ प्रतिशत भएको छ।

प्रकाशित: २ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार