
काठमाडौं ।
हिजोआज इमोजी मानिसको जीवनको महत्वपूर्ण भाग बनिसकेको छ। इन्स्टाग्राम, फेसबुकदेखि लिएर अधिकांश सोशल मिडिया प्लेटफर्ममा मानिसहरुले इमोजीको प्रयोग गर्दै आइरहेका छन्।
यूजरका लागि हार्ट, स्माइलिङ फेसलगायतका विभिन्न किसिमका इमोजीको विकल्प उपलब्ध छ। यीमध्ये केही इमोजी भने विश्वमै सबैभन्दा धेरै प्रयोग हुन्छन्।
सामान्यतया विश्वका अधिकांश देशमा सबैभन्दा बढी प्रयोग हुने इमोजी क्राइङ लाफिङ हो जसमा खुशी वा हाँसोका कारण आँखाबाट आँसु बगिरेहको देख्न सकिन्छ।
यसबारेको जानकारी क्रसवर्ड-सल्वरले हालै गरेको अध्ययनबाट आएको नतिजाबाट लिइएको बीजीआर डट आईएनले उल्लेख गरेको छ।
यो अध्ययनमा सन २०२२ मा ९० लाख जिओट्याग गरिएका ट्वीटको विश्लेषण गरपएको थियो। कम्पनीले सबैभन्दा बढी प्रयोग हुने मात्र नभई विश्वका सबै देशमा प्रयोग गरिने टप इमोजीको सूची पनि जारी गरेको छ। कुन कुन रहेछन् त टप इमोजी? आउनुस थाहा पाऔं:
अध्ययनमा उक्त कम्पनीले विश्वका अधिकांश देशमा मानिसहरुले हाँसिरहेको आँखाबाट बगिरहेको आँसु भएको तथा हार्ट इमोजी प्रयोग गर्ने पाएको छ।
क्राइङ लाफिङ इमोजी विश्वमा सबैभन्दा धेरै प्रयोग हुने इमोजीको सूचीमा पहिलो नम्बरमा र हार्ट इमोजी दोस्रो नम्बरमा परेको छ।
यसबाहेक खुशीको आँसु बगिरहेको अनुहारयुक्त इमोजी ७५ देशमा सबैभन्दा बढी प्रयोग हुने गरेको पाइएको छ। त्यस्तै वर्डले-थीम भएको मोजी अमेरिकामा सबैभन्दा धेरै प्रयोग हुने इमोजी परेको छ।
प्रकाशित: १ जेष्ठ २०७९, आईतवार