अर्घाखाँची सिमेन्टको इन्जिनियरर्स, कन्ट्रयाकटर्स र निर्माणकर्मीहरुसँग भेटघाट

Technology Khabar १० पुष २०७३, आईतवार

काठमाडौं ।

काठमाडौं, १० पुस । अर्घाखाँची ओ.पी.सि. सिमेन्टले पोखरामा इन्जिनियर्स, कन्ट्रयाक्टर्स र निर्माणकर्मीहरुको विशेष भेटघाट सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका तर्फबाट भूकम्प प्रतिरोधक भवन निर्माण र गुणस्तरिय निर्माण सामाग्री छनौट गर्ने सम्बन्धमा अन्तरक्रिया गरेको थियो ।

कार्यक्रममा अर्घाखाँची सिमेन्टका इन्जिनियर विकास भट्टराइले सहभागी सबैलाई भूकम्प प्रतिरोधक भवन निर्माण गर्न र भूकम्पको जोखिमलाई न्यूनीकरण गर्न बलियो घर निर्माणको प्राविधिक जानकारी प्रदान गर्नुका साथै गुणस्तरिय निर्माण सामाग्री छनौट गर्ने तरिकाहरुको बारेमा पनि जानकारी दिएका थिए ।

कम्पनीका सिनियर सेल्स एण्ड मार्केटिङ् मेनेजर रमेश थापाले आगामी दिनमा अर्घाखाँची सिमेन्टले विशेष बजार नीति अपनाउने जानकारी दिए ।

प्रकाशित: १० पुष २०७३, आईतवार

तपाइको प्रतिक्रिया