
काठमाडौं ।
पब्जी: ब्याटलग्राउण्डस, पिसी र ब्याटल रोयल शूटर शृङ्खलाको कन्सोल संस्करणले जनवरीमा फ्रि-टु-प्लेमा स्विच गरेपछि धेरै पैसा कमाइरहेको छ, सो गेम विकासकर्ता क्राफ्टनको शुक्रबार प्रकाशित गरेको पछिल्लो आय रिपोर्टले सो खुलासा गरेको हो।
रिपोर्टअनुसार, पीसीमा, बिक्री वार्षिक तुलनामा ६१ प्रतिशतले बढेर ८ करोड २३ लाख डलर भएको थियो। कन्सोलमा, बिक्रीको वृद्धि अझ ठूलो थियो, जसमा अघिल्लो त्रैमासिकको तुलनामा १२४ प्रतिशत र वर्षमा २७४ प्रतिशत बढ्यो, यद्यपि क्राफ्टनले ती वृद्धिहरूको पछाडि रकमको आंकडा सार्वजनिक गरेको छैन्।
गेमले २०२१ को चौथो त्रैमासबाट औसत मासिक सक्रिय प्रयोगकर्ताहरूमा “लगभग तीन गुणा” वृद्धि पनि देखेको द भर्जले उल्लेख गरेको छ।
सन् २०१७ मा प्रारम्भिक पहुँचमा प्लेटफर्म सुरु गर्दा पब्जी: ब्याटलग्राउण्डस मूल रूपमा एक सशुल्क शीर्षक थियो, तर फोर्टनाइट, कल अफ ड्यूटी: वारजोन, र एपेक्स लिजेण्डस जस्ता फ्री-टु-प्ले ब्याटल रोयल शूटरहरूको ठूलो आर्थिक सफलताले नि:शुल्क मोडेललाई प्रमाणित गर्यो।
एपेक्स लिजेण्डस एउटा खेल जुन तीन वर्ष भन्दा अलि बढी समयदेखि आएको छ, र आएदेखि हालसम्मको अवधिमा नेट बुकिङमा २ अर्ब डलर नाघेको ईएले यसै हप्ता बताएको छ। र एपिकले फोर्टनाइट आयको दुई हप्तामा नै युक्रेन राहतको लागि १४ करोड ४० लाख डलर उठायो।
त्यसैले क्राफ्टनको लागी, पब्जी: ब्याटलग्राउण्डस लाई फ्री-टु-प्ले मा स्विच गर्नु धेरै सजिलो निर्णय थियो। र पब्जीको लोकप्रियता बढाउन मोबाइल भर्सनले संभवत मद्दत गरेको छ। क्राफ्टनले मार्च २०२१ सम्म १ अर्बभन्दा बढी पटक डाउनलोड भइसकेको खेलले २०२२ को पहिलो त्रैमासिकमा ३० करोड ७१ लाख डलर राजस्व कमाएको छ, जुन वर्षको तुलनामा ५ प्रतिशतले बढेको तथ्यांक हो।
प्रकाशित: १ जेष्ठ २०७९, आईतवार