
काठमाडौं ।
गुगलले एन्ड्रोइड १३ बिटा २ सार्वजनिक गरेको छ। यो अपरेटिङ सिस्टम शुरुमा पिक्सेल डिभाइसमा रोल आउट हुने र त्यसपछि आउँदै गरेका शाओमी, वनप्लस, भिभो तथा असुसका डिभाइसमा राखिने बुझिएको छ।
आगामी जुनमा आउने अर्को बिटा रिलिजमा गुगलले भन्दै आएको प्लेटफर्म स्टेबिलिटीमा पुग्ने बुझिएको छ। यसको मतलब यसमा एन्ड्रोइड १३ एसडीके तथा एनडीके एपीआईका साथमा अन्तिम फक-फेसिङ सिस्टम बिहेभियर पनि समावेश हुनेछ।
त्यसपछि कम्पनी बग फिक्सिङतर्फ अगाडि बढ्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।
एन्ड्रोइड १३ मा नोटिफिकेशन पठाउने नयाँ पर्मिसन, गोपनीयता सुरक्षासहितको फोटो चयन, नजिकै रहेका डिभाइससँग पेयर गर्न तथा फाइल एक्सेस गर्न सुधारिएको पर्मिशन, एपअनुसारको भाषा सेटिङ, एप आइकनलाई थिम कलरसँग संयोजन गर्ने, एचडीआर भिडियो सपोर्ट, ब्लूटूथ एलई अडियोजस्ता फिचर रहने बुझिएको छ।
प्रकाशित: २९ बैशाख २०७९, बिहीबार