यूपीआइ प्रयोग मार्फत भुक्तानीको लागि नबिल बैंकद्वारा गेटवे पेमेन्ट सर्भिससँग साझेदारी

  • Technology Khabar | २८ बैशाख २०७९, बुधबार
यूपीआइ प्रयोग मार्फत भुक्तानीको लागि नबिल बैंकद्वारा गेटवे पेमेन्ट सर्भिससँग साझेदारी

काठमाडौं ।

नबिल बैंकले नेपालमा आफ्नो मोबाइलमा आधारित रियल–टाइम भुक्तानी प्रणाली, युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआइ) को स्वीकृति प्रदान गर्न पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रालि) सँग साझेदारी गरेको छ।

यूपीआई अन्तर बैंक र सीमापारी लेनदेनको सुविधाको लागी भारतको राष्ट्रीय भुक्तानी निगमद्वारा विकसित एक रियल–टाइम भुक्तानी प्रणाली हो। यस साझेदारीले प्रत्येक वर्ष स्वास्थ्य, शिक्षा र ब्यापार सेवा भुक्तानीको लागि सीमापार यात्रा गर्ने लाखौं नेपाली र भारतीयहरूलाई दुबै देशका पसल र व्यापारी पसलहरूमा यूपीआइ आधारित मोबाइल एपहरू प्रयोग गरेर निर्बाधरूपमा आफ्नो खरिदहरूको भुक्तानी गर्न सक्षम बनाउनेछ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र गेटवे पेमेन्ट सर्भिसका प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन्।

यो साझेदारीले नबिल बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई भारतका व्यापारी स्टोरहरूमा सुरक्षित र निर्बाध भुक्तानीहरू गर्न सक्नेछन् । त्यसैगरी, नबिल यूपीआइ क्यूआरसँग सम्बद्ध र सक्षम भएका व्यापारीहरूले फोनपे, गुगल पे, र पेटीएम लगायत यूपीआइ आधारित मोबाइल एपहरू प्रयोग गरेर भारतीय पर्यटकहरूबाट भुक्तानीहरू स्वीकार गर्न सक्नेछन् ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको जनाएको छ।

प्रकाशित: २८ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार