नेपाल टेलिकमको दाबीअनुसार यी हुन् आम्दानी र नाफामा कमी हुनुका कारण

  • Technology Khabar | २८ बैशाख २०७९, बुधबार
नेपाल टेलिकमको दाबीअनुसार यी हुन् आम्दानी र नाफामा कमी हुनुका कारण

काठमाडौं ।

नेपाल टेलिकमको आम्दानीमा आव २०७८/७९ को तृतीय त्रैमासिकका उच्च रकमले आम्दानी र नाफा दुबै घटेको छ। कम्पनीले आम्दानीमा करिब ७१ करोड गुमाईसकेको छ भने नाफा पनि सो त्रैमासमा ७३ करोड १५ लाख ७४ हजार रुपैयाँले कमी भएकोछ।

टेलिकमले सो अवधिमा आम्दानी र नाफा कम हुनुमा विभिन्न कारण भएको जिकिर गरेको छ।

टेलिकमकाअनुसार गत आवको तृतीय त्रैमासिक अवधिसम्मको तुलनामा चालु आवको सोही अवधिसम्मको खुद मुनाफामा कमी आउनुको प्रमुख कारणहरु निम्नानुसार रहेकोः

क. कोभिड–१९ को महामारी तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय रोमिङ लगायत अन्तरआवद्धता सेवाको प्रयोगमा कमी।

ख. २०७८ माघ महिनामा कोभिड–१९ को महामारीको तेस्रो लहरले गर्दा कम्पनीको सेवा उपभोगमा कमी आई कार्य सञ्चालन आयमा कमी आएको।

ग. अन्तरआवद्वता शुल्क सम्बन्धी निर्देशिका अनुसार घरेलु अन्तरआवद्वता शुल्कमा कमी भएकोले कार्य सञ्चालन आयमा कमी भएको।

घ. सेवा व्यापकरुपमा विस्तार गरिएकोले मर्मत सम्भार खर्चमा भएको वृद्धि, स्थिर सम्पत्तिको ह्रासकट्टी रकममा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको।

ङ. कोभिड–१९ को महामारीलाई लक्षित गरी कम्पनीबाट धेरै कम दरका डाटा प्याकेजहरु शुरु गरिएको हुँदा जीएसएमः सेवा तर्फ डाटाको खपत बढे तापनि राजस्वमा सोही अनुपातमा वृद्धि हुन नसकेको।

च. कोभिड–१९ को महामारी पश्चात चिपसेटको अभाव तथा अन्तर्राष्ट्रिय ढुवानीमा कठिनाई र बढ्दो शुल्कका कारण उपकरण तथा सामान आयातमा ढिलाई भई अपेक्षित समयमा सेवा विस्तार गर्न नसकिएको।

यो पनि हेर्नुस्-

नयाँ एमडी आएसँगै टेलिकमले एकै त्रैमासमा गुमायो ७१ करोड ४० लाख आम्दानी, नाफामा पनि उच्च कमी

प्रकाशित: २८ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...