एप्पलद्वारा आईफोन तथा आईप्याडका लागि फोल्डिङ प्यानल परीक्षण

  • Technology Khabar | २८ बैशाख २०७९, बुधबार
एप्पलद्वारा आईफोन तथा आईप्याडका लागि फोल्डिङ प्यानल परीक्षण

काठमाडौं ।

एप्पलले आईफोन तथा आईप्याडका लागि नयाँ फोल्डिङ ओएलईडी प्यानल डेभलप गरिरहेको छ।

कोरियाली समाचार संस्था द इलेकले एप्पलले आउँदै गरेका आफ्ना फोल्डिङ आईफोन तथा आईप्याडमा प्रयोग गर्नका लागि यी ओएलईडी प्यानल उत्पादन गर्न लागेको हो।

यो नयाँ प्यानलमा केही परम्परागत फोल्डिङ डिस्प्लेमा प्रयोग हुँदै आएको पोलराइजर लेयर नहुने जीएसएमएरिनाले जनाएको छ।

यो पोलराइजर नभएको प्रविधि सामसङले आफ्ना ग्यालेक् जेड फोल्ड तथा इको२ओएलईडी डिस्प्लेमा प्रयोग गर्दै आएको छ।

एप्पलले यही तरिका आफ्ना फोल्डिङ डिभाइसमा अपनाउन लागेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

पोलराइजर लेयर नहुनाले पातला फोल्डिङ मजबुत हुन्छन् तर भिजिबिलिटी र पिक ब्राइटनेसमा भने केही कमी हुन सक्ने बुझिएको छ।

प्रकाशित: २८ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...