मौन अवधिमा झन् गम्भीर बन्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई प्रेस काउन्सिलको अपिल

  • Technology Khabar | २७ बैशाख २०७९, मंगलवार
मौन अवधिमा झन् गम्भीर बन्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई प्रेस काउन्सिलको अपिल

काठमाडौं ।

प्रेस काउन्सिल नेपालले यहि वैशाख ३० गते हुने स्थानीय चुनावको मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइनलगायतबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समर्थन हुने गतिबिधी नगर्न आग्रह गरेको छ।

प्रेस काउन्सिल नेपालले मौन अवधिमा झन् गम्भीर बन्न आम सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्तामा अपिल गरेको छ।

पटक–पटक आग्रह गर्दा पनि पत्रकारिता जगत् आचारसंहितातर्फ गम्भीर भएको नपाइएको भन्दै आज राति १२ बजेदेखि मौन अवधि हुने भएकाले ७२ घण्टासम्म अझ गम्भीर बन्न काउन्सिलले सुझाएको हो।

मौन अवधि झन् संवेदनशील समय हुने र यस अवधिमा सम्प्रेषित समाचार र समाचार–सामग्रीका कारण मतदाता प्रभावित हुन सक्ने अवस्था रहने वरिष्ठ काउन्सिलका प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘राजनीतिक दल वा उम्मेदवारको निर्वाचनसम्बन्धी कुनै पनि विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण नगर्न, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचार–प्रसारका सामग्री पोष्ट वा शेयर नगर्न, लाइक, कमेन्ट, प्रतिकमेन्ट गर्न, समाचार प्रकाशन वा प्रसारण नगर्न, राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापन, टक सो, टिप्पणी, विश्लेषण प्रश्नोत्तर जस्ता कार्यक्रम नगर्न’ उक्त विज्ञप्तिमार्फत सजग गराइएको छ।

यसका साथै आचारसंहितामा उल्लेखित गर्न नहुने कार्य नगर्न नगराउन समेत काउन्सिलले आग्रह गरेको छ।

प्रकाशित: २७ बैशाख २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार