सोनीको चौथो त्रैमासको सञ्चालन मुनाफा दोब्बरभन्दा अझ बढी

  • Technology Khabar | २८ बैशाख २०७९, बुधबार
सोनीको चौथो त्रैमासको सञ्चालन मुनाफा दोब्बरभन्दा अझ बढी

काठमाडौं ।

जापानको सोनी ग्रुप कर्पले मंगलबार आफ्नो चौथो त्रैमासको आम्दानी विवरण जारी गरेको छ।

कम्पनीका अनुसार उक्त अवधिमा सञ्चालन मुनाफा पहिलेभन्दा दोब्बर बढेर १३८.६ अर्ब येन अर्थात् १.०६ अर्ब डलर पुगेको प्रतिवेदनमा उल्लेख गरेको छ। यो आँकडा प्राप्त गर्न कम्पनीको गेमिङ तथा नेटवर्क सेवाको व्यवसायले मद्दत गरेको बुझिएको छ।

रोयटर्सका अनुसार सोनीले प्लेस्टेशन ५ गेम कन्सोलबाट पनि यो अवधिमा निकै फाइदा कमाएको छ। यसलाई कम्पनीले अनलाइन गेम डाउनलोड तथा साइन-अप सब्सक्रिप्शन सेवाका लागि प्रयोग गर्दै आएको थियो।

गत व्यावसायिक वर्षमा कम्पनीले १ करोड १५ लाख यूनिट बिक्री गरेको र चिप अभावका कारण उत्पादनमा कमी आएको सन् २०२० मा समेत २ करोड गेमिङ कन्सोल बेचेको समाचारमा उल्लेख छ।

कम्पनीले गत फेब्रुअरीमा ह्यालो भिडियो गेम निर्माता बंगल इंक ३ अर्ब ६० करोड डलरमा किनेपछि आफ्नो सफ्टवेयर व्यवसायलाई पनि निकै विस्तार गर्दै आएको छ।

मार्च ३१ मा समाप्त भएको त्रैमासमा सोनीको आम्दानी गत वर्षको ६६.५ अर्ब येनको तुलनामा कम रहेको थियो। यो आँकडा १० जना विश्लेषकहरुको सहभागितामा रिफिनिटिभले गरेको १४७ अर्ब येनको अनुमानभन्दा निकै कम रहेको पाइएको छ।

प्रकाशित: २८ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार