रोलबल डिस्प्ले स्मार्टफोनमा काम गर्दै मोटोरोला, स्क्रिन ठाडो रूपमा रोल हुने

  • Technology Khabar | २७ बैशाख २०७९, मंगलवार

काठमाडौं ।

मोटोरोलाले आफ्नो पहिलो रोलबल डिस्प्ले फोनमा काम गरिरहेको छ। कम्पनीको यो फोन कोडनेम फेलिक्सको नाममा देखिएको छ।

मोटोरोला ओपो र एलजी पछि तेस्रो स्मार्टफोन निर्माता हो, जसको रोलबल डिस्प्ले भएको फोनको विवरण सार्वजनिक भएको छ। कम्पनीले यसअघि फोल्डेबल स्मार्टफोन मोटो रेजर बजारमा ल्याएको छ।

स्क्रिन ठाडो रूपमा रोल हुने

रिपोर्टका अनुसार मोटोरोलाको यो फोनको डिस्प्ले ठाडो रूपमा रोल हुने अर्थात घुम्न सक्नेछ। फोनमा तेस्रो डिस्प्ले हुने छैन। यसमा मोटराइज्ड स्क्रिन हुनेछ, जुन शरीरका साथमा बेर्न सकिन्छ।

यसअघि ओपो र एलजीका रोलेबल डिस्प्ले भएका फोनहरूको जानकारी लीक भइसकेका छन्। तर, मोटोरोलाको रोलेबल फोन ओपोको रोलेबल फोन भन्दा फरक हुनेछ।

मोटोरोलाको डिभाइसको स्क्रिनको लम्बाइ बढाउन वा घटाउन सकिन्छ। अर्कोतर्फ, ओपो र एलजी डिभाइसहरूको स्क्रिनको चौडाइ बढाउन वा घटाउन सकिनेछ।

फेलिक्स कोड नामको साथ सूचीबद्ध
यद्यपि यो रोलेबल डिस्प्लेको बारेमा कम्पनीले कुनै आधिकारिक विवरण साझा गरेको छैन। कम्पनीले आफ्नो रेजर ब्रान्डको आगामी फोनलाई माभेन नाम दिएको छ, जुन यस वर्षको अन्त्यसम्ममा लन्च गर्न सकिन्छ। कम्पनीको पहिलो फोल्डेबल (फ्लिप) फोनको कोडनेम जुनो थियो।

जहाँसम्म रोल गर्न मिल्ने फोनहरूको सवाल छ, ओपोले आफ्नो रोलेबल फोन ‘एक्स २०२१’ मा लामो समयदेखि काम गरिरहेको छ। साथै, एलजी रोलेबल फोनको बारेमा पनि विवरणहरू पनि बाहिर खुलासा गरिएको छ। यी तीन ओटै फोनमा लचिलो स्क्रिन प्रयोग गरिने छ, जसलाई सजिलै र्याप गर्न सकिन्छ।

प्रकाशित: २७ बैशाख २०७९, मंगलवार

तपाइको प्रतिक्रिया