पहिलो त्रैमासमा भारतमा स्मार्ट वाच बजार १७३ प्रतिशतले बढ्यो: रिपोर्ट

  • Technology Khabar | २५ बैशाख २०७९, आईतवार
पहिलो त्रैमासमा भारतमा स्मार्ट वाच बजार १७३ प्रतिशतले बढ्यो: रिपोर्ट

काठमाडौं ।

भारतमा यो वर्षको पहिलो त्रैमासमा स्मार्ट वाचको बजार १७३ प्रतिशतले वृद्धि भएको छ।

हालै काउन्टरप्वाइन्ट रिसर्चको एउटा रिपोर्टमा विविध उत्पादन सार्वजनिक हुनु र डिस्काउन्टका अफरहरुका कारण भारतमा पहिलो त्रैमासमा स्मार्टवाचको बजार १७३ प्रतिशत बढेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

भारतमा न्वाइज ब्राण्ड २३ प्रतिशत बजार हिस्साका साथमा अग्रणी स्थानमा रहेको छ। यसपछि फायर-बोल्ट र बोट रहेका छन्।

यस्तै रियलमी तथा डिजो संयुक्त रुपमा चौथो नम्बरमा आएका छन्। यो सूचीमा सामसङ भने महंगो ग्यालेक्सी वाच ४ डिभाइसका कारण पाँचौं नम्बरमा पुगेको छ।

यसैगरी रिपोर्टले ६७ डलरभन्दा मुनिको सेगमेन्टको बजार ८७ प्रतिशतले बढेको र १३ देखि २७ डलर सेगमेन्टको बजार १४ प्रतिशतले बढेको वरिष्ठ अनुसन्धान विश्लेषक अंशिका जैनले जनाएकी छिन्।

उनका अनुसार विभिन्न ब्राण्डले उपभोक्ता तान्नका लागि कम मूल्यको सेगमेन्टमा आफूलाई बढी लक्षित गरेका थिए।

प्रकाशित: २५ बैशाख २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार