सामाजिक सञ्जालमा उम्मेदवारहरुलाई होच्याउनेलगायतका कार्य नगर्न विज्ञापन बोर्डको आग्रह

  • Technology Khabar | २३ बैशाख २०७९, शुक्रबार
सामाजिक सञ्जालमा उम्मेदवारहरुलाई होच्याउनेलगायतका कार्य नगर्न विज्ञापन बोर्डको आग्रह

काठमाडौं ।

विज्ञापन बोर्डले निर्वाचनको आचारसंहिता विपरीत प्रचार/प्रसारको कार्य नगर्न आग्रह गरेको छ।

बोर्डले शुक्रबार विज्ञप्ति जारी गर्दै यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको आचारसंहिता विपरीतका प्रचार/प्रसार गतिबिधिहरु नगर्न अनुरोध गरेको हो।

विशेषगरी बोर्डले फेसबुक जस्ता सामाजिक सञ्जालमा उम्मेदवारको तस्बिर र चुनाव चिन्ह फरक-फरक गरी प्रकाशन गर्ने, उम्मेदवारको फोटो बिगारी होच्याउने, अपमान गर्ने तथा गलत, भ्रामक जा द्वेषपूर्ण सूचना प्रवाह भईरहेको पाईएकोले यस्ता कार्य समेत नगर्न नगराउनुहुन अनुरोध गरेको छ।

यसका साथै अन्य कुनै पनि प्रकारका आचारसंहिता विपरीतका विज्ञापन तथा प्रचार प्रसार नगर्न समेत अनुरोध गरेको छ।

प्रकाशित: २३ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार