
काठमाडौं ।
एउटा भारतीय अदालतले संघीय नियामकले शाओमीमाथि लगाएको साढे ७२ करोड डलर बराबरको जरिबानाको निर्णय स्थगित गरेको छ।
उक्त नियामकले विदेशी मुद्रा ऐनको उल्लङ्घन गरेको आरोपमा उक्त जरिबाना तोकेको कम्पनी स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।
इन्फोर्समेन्ट डिरेक्टरेट अर्थात् नियम पालना गराउने जिम्मेवारी पाएको निर्देशनालयले गत हप्ता शाओमी टेक्नोलोजी इन्डिया प्रालिको बैंकमा रहेको सम्पत्ति रोक्का गरेको थियो।
उसले यसका पछाडि शाओमी इन्डियाले रोयल्टी भुक्तानीका नाममा अन्य देशमा रहेका संस्थाहरुलाई रकम पठाएको आरोप लगाएको थियो।
शाओमीले भने आफूमाथि लागेको आरोप अस्विकार गर्दै रोयल्टी भुक्तानी तथा बैंकका स्टेटमेन्ट सबै वैध रहेको तर्क गरेको छ।
पछि कम्पनीले उक्त निर्णयविरुद्ध दक्षिणी कर्णाटक राज्यमा रहेको उच्च अदालतमा पुनरावेदन गरेको थियो।
गत बिहीबारको सुनुवाईपछि शाओमीका वकिलहरुले यसअघि सुनाइएको साढे ७२ करोड डलर जरिबानाको निर्णय न्यायाधीशले रोक्का गरेका बताएका हुन्।
प्रकाशित: २४ बैशाख २०७९, शनिबार