सगरमाथाको शिखरमा चीनद्वारा स्वचालित मौसम निगरानी स्टेशन स्थापना !

  • Technology Khabar | २१ बैशाख २०७९, बुधबार
सगरमाथाको शिखरमा चीनद्वारा स्वचालित मौसम निगरानी स्टेशन स्थापना !

काठमाडौं ।

चिनियाँ वैज्ञानिक अनुसन्धानकर्ताहरूले बुधबार सगरमाथाको शिखरमा स्वचालित मौसम विज्ञान निगरानी स्टेशन स्थापना गरेका छन्।

नयाँ स्टेशन सहित, विश्वको सर्वोच्च शिखर सगरमाथामा आठ उच्च ग्रेडियन्ट मौसम विज्ञान स्टेशनहरू स्थापना गरिएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

चिनियाँ वैज्ञानिक अभियान टोलीका सदस्यहरूले मे ४, २०२२ मा सगरमाथामा स्वचालित मौसम विज्ञान अनुगमन केन्द्र स्थापना गरेका हुन्।

यसका साथै चिनियाँ वैज्ञानिक अनुसन्धानकर्ताहरू बुधबार सगरमाथामाको शिखरमा पुगेका छन्।

यसले सन् २०१९ मा सगरमाथाको दक्षिणी भाग अर्थात नेपालतर्फ बेलायती र अमेरिकी वैज्ञानिकहरूले स्थापना गरेको ८,४३० मिटरको उचाइमा रहेको स्टेशनको उच्च स्थानको रेकर्डलाई प्रतिस्थापन गर्ने बताईएको छ।

तिब्बती पठार अनुसन्धान संस्थान (ITP), चिनियाँ विज्ञान प्रतिष्ठानले सो स्वचालित स्टेशन स्थापना गरेको हो।

सम्बन्धित समाचार-

सगरमाथामा स्वचालित मौसम पूर्वानुमान गर्ने स्टेशन स्थापना गर्दै चीन

प्रकाशित: २१ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार