
काठमाडौं ।
इन्टेल तथा एरिजोनाको शाण्डलर-गिल्बर्ट कम्युनिटी कलेजले क्याम्पसमा आर्टिफिसियल इन्टेलिजेन्स इन्क्युबेटर ल्याब खोल्ने घोषणा गरेका छन्।
उक्त ल्याब सन् २०२० मा आएको एआई फर वर्कफोर्स प्रोग्राम अन्तर्गत बनाइएको र यसको उद्देश्य विद्यार्थीहरुलाई एआईको ज्ञान, सीप तथा अनुभव प्रदान गरेर दक्ष जनशक्ति तयार गर्नु रहेको जेडडीनेटले उल्लेख गरेको छ।
प्रविधि कम्पनी डेल पनि एआई फर वर्कफोर्स प्रोग्रामको साझेदार हो।
यो नयाँ ल्याबमा ६० हजार डलर बराबरका एआई सफ्टवेयर तथा वर्कस्टेशनहरु रहेका घोषणाका बेला इन्टेलले बताएको छ।
शान्डलर-गिल्बर्ट कम्युनिटी कलेजका विद्यार्थीहरुले मेशिन लर्निङको परिचय तथा एआई फर बिजनेसजस्ता कोर्समा ल्याबका एआई टूल तथा प्रविधि प्रयोग गर्न सक्ने बताइएको छ।
प्रकाशित: २० बैशाख २०७९, मंगलवार