
काठमाडौं ।
विश्वको अग्लो चुचुरो माउन्ट एभरेस्ट अर्थात सगरमाथामा ८ हजार ८ सय मिटरको उचाइमा मौसम विज्ञान निगरानी केन्द्र स्थापना गर्न चिनियाँ वैज्ञानिकहरूले प्रयास गरिरहेका छन्।
चीनका वैज्ञानिकहरूले चिनियाँ भागतर्फबाट सो केन्द्र स्थापना गर्ने प्रयास गरिरहेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।
यदि स्टेशन सफलतापूर्वक स्थापना भयो भने, यसले सन् २०१९ मा सगरमाथाको दक्षिणी भागमा बेलायती र अमेरिकी वैज्ञानिकहरूले स्थापना गरेको ८,४३० मिटरको उचाइमा रहेको स्टेशनलाई प्रतिस्थापन गर्नेछ।तिब्बती पठार अनुसन्धान संस्थान (ITP), चिनियाँ विज्ञान प्रतिष्ठानकाअनुसार जुन विश्वकै सबैभन्दा अग्लो स्थान हुनेछ।
आईटीपीका अनुसन्धानकर्ता झाओ हुआबियाओकाअनुसार करिब ५० केजी तौल भएका उपकरणहरू अगल बनाईने छ र पर्वतारोहीहरूलाई वितरण गरिनेछ, जसमध्ये प्रत्येकले स्थापनाको लागि हिमालमा ७ केजी भन्दा बढी बोक्ने छैनन्।
हाल, स्टेशन स्थापना गर्ने इन्जिनियरहरू अझै पर्वतारोहणका लागि उपयुक्त मौसमको पर्खाइमा छन्।
८,८४८.८६ मिटरको उचाइमा रहेको विश्वको सर्वोच्च चुचुरोमा चीनको नयाँ वृहत वैज्ञानिक अभियानको मुख्य कार्यअन्तरगत सगरमाथामा अग्लो, आठ उचाइ ढाँचासहितको मौसम विज्ञान स्टेशनहरू सहित स्थापना गरिनेछ।
यस वर्षको सुरुमा हिमालको उत्तरी भागमा क्रमशः ७ हजार २८ मिटर, ७ हजार ७ सय ९० मिटर र ८ हजार ३ सय मिटरको समुन्द्री सतहमा तीन ओटा मौसम विज्ञान केन्द्र स्थापना गरिएको थियो जसले गर्दा ५ हजार २०० मिटरदेखि ८ हजार ३ सय मिटरको उचाइबीचको परिचालन मौसम केन्द्रको संख्या सात पुगेको थियो ।
गत वर्ष ६ हजार ५ सय मिटर, ५ हजार ८ सय मिटर, ५ हजार ४ सय मिटर र ५ हजार २ सय मिटरको समुन्द्री सतहमा चार वटा स्टेसन स्थापना गरिएको थियो ।
समाचार रिपोर्टका अनुसार सगरमाथाको नयाँ व्यापक वैज्ञानिक अभियान सन् २०१७ मा सुरु भएको छिङहाई-तिब्बत पठारमा चीनको दोस्रो वैज्ञानिक अनुसन्धान सर्वेक्षणको एक हिस्सा हो।
झाओले क्विङहाइ-तिब्बत पठारले ग्लोबल वार्मिङसँगै तापक्रम वृद्धिको प्रवृतिको सामना गरिरहेको र पठारमा जति उचाइ बढेको छ, उति तापक्रम बढेको बताए।
विगतमा उच्च उचाइका स्टेशनहरूबाट मौसम अनुगमन गर्ने तथ्याङ्कहरू हराएकाले यस्तो निष्कर्ष समुद्र सतहभन्दा ५ हजार मिटर मुनिका मौसम स्टेशनहरूको तथ्यांक र रिमोट सेन्सिङ डाटाका आधारमा गरिएको अनुमानित हिसाबमा मात्रै आएको हो।
“आठ स्टेशनहरूले हावाको गति र हावाको दिशाको डाटा, साथै सगरमाथाको उत्तर तर्फ सापेक्ष आर्द्रता सङ्कलन गर्नेछ। त्यसैगरी उच्च उचाइमा पग्लने हिमनदीहरू र हिमाली हिउँको अनुगमन गर्न एलिभेसन ग्रेडियन्ट मौसम विज्ञान स्टेशन प्रणाली ठूलो महत्त्वको छ,” झाओले भने।
आरोहण टोलीले ग्लेसियर राडार पनि स्थापना गर्ने र हिमालको चुचुरोमा हिउँ र हिउँको मोटाई नाप्ने उनले बताए ।
प्रकाशित: १९ बैशाख २०७९, सोमबार