ट्रम्पले पहिलो पटक ट्रूथ सोसियलमा पोस्ट गर्दै लेखे, ‘आई एम ब्याक’

  • Technology Khabar | १८ बैशाख २०७९, आईतवार
ट्रम्पले पहिलो पटक ट्रूथ सोसियलमा पोस्ट गर्दै लेखे, ‘आई एम ब्याक’

काठमाडौं ।

अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो ट्रूथ सोसियल साइटमा पहिलो पोस्ट गरेका छन्। उनले बिहीबार उक्त प्लेटफर्ममा पहिलो पोस्ट गर्दै लेखेका छन्, ‘आई एम ब्याक।’

२ महिनाअघि सार्वजनिक भएको उक्त एप गत वर्षको राष्ट्रपतीय निर्वाचनका क्रममा भएको हमला चर्काएको आरोपमा फेसबुक तथा ट्विटरले ट्रम्पलाई प्रतिबन्ध लगाएपछि ल्याइएको हो।

गत वर्ष आफूलाई प्रतिबन्ध लगाउने ट्विटर इलन मस्कले ४४ अर्ब डलरमा किनेको बारेमा ट्रम्पले हालसम्म केही बोलेका छैनन्।

अमेरिकामा रिपब्लिकनहरु भने ट्विटरलाई मस्कले किनेकोमा खुशी देखिएका छन्। यसको पछाडि मस्कले वाक स्वतन्त्रतालाई बढावा दिन सामग्री सेन्सर गर्ने कुरामा लचिलो हुँदै ट्रम्पमाथिको प्रतिबन्ध हटाउँछन् भन्ने अपेक्षा रहेको रोफटर्सले उल्लेख गरेको छ।

तर गत हप्ता मस्कले ट्विटर खरिद गर्दै गर्दा ट्रम्पले आफू अब उक्त प्लेटफर्ममा नफर्कने बताएका थिए।

प्रकाशित: १८ बैशाख २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार