नुबिया रेड म्याजिक ७ प्रो अन्तरराष्ट्रिय बजारमा बिक्री शुरु

  • Technology Khabar | १८ बैशाख २०७९, आईतवार
नुबिया रेड म्याजिक ७ प्रो अन्तरराष्ट्रिय बजारमा बिक्री शुरु

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी जेडटीईको सहायक ब्राण्ड नुबियाको रेड म्याजिक ७ प्रो स्मार्टफोन अन्तरराष्ट्रिय बजारमा बिक्री शुरु भएको छ।

अन्तरराष्ट्रिय भर्सनमा १६ जीबी र्याम तथा अब्सिडियन र सुपरनोभा गरी दुई ओटा रंगको विकल्प रहेको जीएसएमएरिनाले जनाएको छ।

पहिलोमा २५६ जीबी तथा दोस्रोमा ५१२ जीबी आन्तरिक स्टोरेज रहने र यिनीहरुको मूल्य क्रमश: ७९९ र ८९९ डलर तोकिएको छ।

रेड म्याजिक ७ प्रो मा स्न्यापड्रागन ८ जेन १ चिपसेट तथा एन्ड्रोइड १२ र रेडम्याजिक ओएस ५.० दिइएको छ।

६.८ इन्च फुल एचडी+ एमोलेड डिस्प्लेयुक्त यो डिभाइसमा पछाडि ६४ मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा तथा सेल्फीका लागि १६ मेगापिक्सेल शूटर दिइएको छ।

पावरका लागि यो डिभाइसमा ६५ वाट फास्ट चार्जिङसहितको ५००० एमएएच क्षमताको ब्याट्री दिइएको जीएसएमएरिनाले जनाएको छ।

प्रकाशित: १८ बैशाख २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार