नथिङद्वारा प्ले स्टोरमा बिटा लञ्चर सार्वजनिक

  • Technology Khabar | १६ बैशाख २०७९, शुक्रबार
नथिङद्वारा प्ले स्टोरमा बिटा लञ्चर सार्वजनिक

काठमाडौं ।

प्रविधि कम्पनी नथिङले एन्ड्रोइड डिभाइसहरुका लागि गुगल प्ले स्टोरमा नथिङ लञ्चर उपलब्ध गराएको छ।

कमपनीले उपलब्ध गराएको लञ्चर हाल बिटा भर्सनमा रहेको र अन्य एन्ड्रोइड लञ्चरजस्तै देखिने जीएसएमएरिनाले जनाएको छ। यसमा गोलाकार एप आइकन तथा सिंगल कस्टम वालपेपरको फिचर रहेको छ।

विजेट प्रयोग गर्न मन पराउनेहरुका लागि यो लञ्चर क्लक तथ वेदर गरी दुई अप्शनमा उपलब्ध हुनेछ। जीएसएमएरिनाका अनुसार दुवैमा उस्तै म्याट्रिक्स टाइपोग्राफी तथा नथिङको ब्राण्डिङ रहेको र दुवै प्रस्ट वा कालो ब्याकग्राउण्डमा प्रयोग गर्न सकिने खालका छन्।

उक्त लञ्चरमा म्याक्स आइकन्स र म्याक्स फोल्डर्स नामका चादलाग्दा फिचर पनि राखिएका छन्। होमस्क्रीनमा रहेका कुनै पनि आइकन वा एप फोल्डरलाई प्रेस र होल्ड गरेर आकार बढाउन सकिन्छ। यसमार्फत १x१ को आइकन ३x३ बनाउन सकिन्छ।

कम्पनीले यो लञ्चर सामसङ ग्यालेक्सी एस२१ तथा एस२२ सिरिज, गुगल पिक्सेल ५ तथा ६ सिरिजमा चल्नुका साथै वनप्लसका लागि केही समयपछि सपोर्ट आउने बताएको छ।

प्रकाशित: १६ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bagamati Province allocates budget for journalists’ engagement in SSF

  • Technology Khabar
  • १६ बैशाख २०७९, शुक्रबार