अब मोबाइलबाटै रेमिट्यान्स आउने, एभरेष्ट बैंकद्धारा ईन्डो–नेपाल रेमिटेन्समा नयाँ सेवा थप

  • Technology Khabar | २४ मंसिर २०७३, शुक्रबार
अब मोबाइलबाटै रेमिट्यान्स आउने, एभरेष्ट बैंकद्धारा ईन्डो–नेपाल रेमिटेन्समा नयाँ सेवा थप

काठमाडौं ।

काठमाडौं, २४ मंसिर । एभरेष्ट बैंकले भारतको पंजाब नेशनल बैंकको सहायतामा भारतमा काम गर्ने कामदारले आफ्नो मोबाईलबाटै रकम पठाउन सकिने सेवा शुरु गरेको छ । बैंकले मोबाईलबाटै (पंजाब नेशनल बैंकको शाखामा नगई) एभरेष्ट बैंक, नेपालको कुनै पनि शाखा तथा दुर्गम क्षेत्रमा अवस्थित ५०० भन्दा बढी व्यावसायिक प्रतिनिधिहरुमा रकम पठाउन सक्ने व्यवस्था मिलाएको हो । रेमिटेन्सको यस्तो नयाँ सेवा बैंकले केहि महिना अगाडी देखि नै संचालनमा ल्याएको जानकारी दिएको छ ।

बैंकले यसअघि नेपाल मै प्रथम पटक भारतको पंजाब नेशनल बैंकको कुनै पनि शाखाहरुबाट सजिलै “अनलाईन” माध्यमबाट नेपाल पैसा रकमान्तर गर्ने सेवा शूरुवात गरेको थियो ।

एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रकाशित: २४ मंसिर २०७३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार