
काठमाडौं ।
बेलायतको कोभन्ट्रीमा उड्ने ट्याक्सी तथा डेलिभरी ड्रोनजस्ता भविष्यका सवारी सर्वसाधारणलाई प्रदर्शन गर्न एउटा केन्द्र स्थापना गरिने भएको छ।
कोभेन्ट्रीमा रहेको एयर-वन मिनि एयरपोर्ट क्षेत्रमा १ महिनासम्म सरवसाधारणका लागि प्रदर्शन उडान तथा विमान नियन्त्रणका कलाबारे जानकारी दिने इभेन्ट आयोजना हुने बीबीसीले जनाएको छ।
आयोजकले यो इभेन्ट नयाँ यातायातको युगको शुरुवाती कदम भएको बताएको छ।
अर्बन एयरपोर्टले एयर ट्याक्सीहरुलाई सरकारी अनुमोदन प्राप्त भइनसकेको तर हाल बनिरहेको लाइफ साइज विमान भने उक्त प्रदर्शनमा राखिने बताएको छ।
एयरपोर्टले कोभेन्ट्रीको यो कदम विश्वकै पहिलो पूर्ण सञ्चालनमा रहेका इलेक्ट्रिक भर्टिकल टेकअफ र ल्याण्डिङ सवारीहरुको पहिलो प्रदर्शनी भएको बताएको छ।
प्रकाशित: १५ बैशाख २०७९, बिहीबार