चीनद्वारा उल्कपिण्डको मार्ग परिवर्तन गर्ने अर्को मिसनको घोषणा

  • Technology Khabar | १४ बैशाख २०७९, बुधबार
चीनद्वारा उल्कपिण्डको मार्ग परिवर्तन गर्ने अर्को मिसनको घोषणा

काठमाडौं ।

चीनको अन्तरिक्ष एजेन्सीले उल्कापिण्डमा ठक्कर दिनका लागि दोस्रो यानको योजना बनाइरहेको छ।

उक्त विमान अक्षमा रहेको कुनै एउटा उल्कापिण्डमा सुरक्षित तवरले ठक्कर दिएर त्यसको मार्ग परिवर्तन गराउने योजनामा प्रयोग हुने द भर्जले उल्लेख गरेको छ।

यो सम्भावित नयाँ मिसन आगामी ४ वर्षभित्र प्रक्षेपण हुने र यसको घोषणा भने गत आइतबार चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशनका उप निर्देशक वु यान्ह्वाले गरेका सरकारी समाचार संस्था ग्लोबल टाइम्सलाई उद्धृत गर्दै द भर्जले जनाएको छ।

तर यो मिसनमा कुन उल्कापिण्डलाई लक्षित गरिने भन्ने यकिन भइसकेको छैन। यो परियोजना नयाँ बृहत् ग्रह सुरक्षा प्रयास अन्तर्गत घोषणा गरिएको र यसले पृथ्वीमाथि जोखिमका रुपमा रहेका पृथ्वी नजिकका उल्कापिण्डहरुलाई सूचीकृत तथा अनुगमन गर्ने बताइएको छ।

यो प्रयासमा एउटा नयाँ पूर्व सूचना प्रणाली पनि समावेश हुने बुझिएको छ। अन्त्यमा उक्त योजनाले पृथ्वीमाथि जोखिम पैदा गरिरहेको उल्कापिण्ड पहिचान गरी उक्त यान ठोक्काएर अक्षमा त्यसको मार्ग परिवर्तन गराउने लक्ष्य लिएको द भर्ज लेख्दछ।

अहिले उक्त परियोजनाको शुरुवाती दिनहरु भएको र समग्र परियोजना अनुमोदन भइनसकेको बताउँदै ग्लोबल टाइम्सले लेखेको छ, ‘यो परियोजनाको अनुमोदनका लागि समीक्षाको काम चलिरहेको छ।’

प्रकाशित: १४ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार