कर्निङले टच ताइवान २०२२ मा उत्पादनहरु प्रदर्शन गर्ने

  • Technology Khabar | १४ बैशाख २०७९, बुधबार
कर्निङले टच ताइवान २०२२ मा उत्पादनहरु प्रदर्शन गर्ने

काठमाडौं ।

कर्निङले टच ताइवान २०२२ मा स्मार्ट डिस्प्ले तथा एप्लिकेशन क्याटेगरीमा थुप्रै उत्पादनहरु प्रदर्शन गर्ने भएको छ।

टच ताइवान २०२२ आज अर्थात् अप्रिल २७ देखि २९ सम्म ताइपेई नान्गाङ प्रदर्शनी केन्द्रमा आयोजना हुँदैछ।

‘सञ्चालनको दोस्रो दशकमा कर्निङ ताइवानले नेक्स्ट जेनेरेशन ट्यालेन्ड विकास गर्दै आफूलाई उद्योगको उल्लेख्य कोशेढुंगातर्फ लैजाने क्रमलाई निरन्तरता दिँदै आएको छ’, कर्निङ डिस्प्ले टेक्नोलोजिज ताइवानका अध्यक्ष एन्ड्र्यू हो ले भने।

कर्निङले उक्त इभेन्टमा इगल एक्सजी स्लिम ग्लास तथा गोरिल्ला ग्लासलयागत अन्य थुप्रै उत्पादन प्रदर्शनमा राख्ने डिजिटाइम्सले उल्लेख गरेको छ।

इगल एक्सजी अति नै पातलो रहेको र यसले प्यानल निर्माताहरुलाई सम्भाव्य वातावरणीय तथा स्वास्थ्यसम्बन्धी जोखिम घटाउन वा पूर्णरुपले निर्मूल पार्न मद्दत गर्ने कम्पनीको दावी छ।

उक्त पातलो ग्लासमा कुनै प्रकारका गह्रुँगा धातु नमिसिएकाले निर्माणका क्रममा हुन सक्ने वातावरणीय  क्षति कम गर्न मद्दत पुगेको बताइएको छ।

कर्निङलाई उद्धृत गर्दै डिजिटाइम्सले उल्लेख गरे अनुसार गोरिल्ला ग्लास ४५ भन्दा बढी मुख्य ब्राण्डहरुको रोजाईमा पर्न सफल कभर ग्लास हो।

यसबाहेक उक्त ग्लास ८ अर्बभन्दा बढी डिभाइसहरुका लागि डिजाइन गरिएको र यसले डिभाइसलाई क्षति हुनबाट रोक्न, प्रस्ट दृश्यका लागि तथा टच संवेदनशीलतालाई सघाउँदै आएको कम्पनीले बताएको छ।

प्रकाशित: १४ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार