Technology Khabar १३ बैशाख २०७९, मंगलवार
काठमाडौं ।
ट्विटरका संस्थापक ज्याक डोर्सीले कम्पनीको भविष्यका लागि मस्कमात्र एकल समाधान भएको बताएका छन्।
टेस्ला तथा स्पेसएक्सका सीईओ मस्कले केही समयअघि ट्विटरको ९.२ प्रतिशत शेयर किनेर सबैभन्दा ठूलो शेयरधनी भएका थिए भने त्यसपछि उनले ट्विटर नै किन्ने प्रस्ताव गरेका थिए।
उक्त प्रस्तावको ट्विटरका शेयरधनीहरु तथा स्वयं संस्थापक तथा सीईओ डोर्सीले पनि निकै आलोचना गरेका थिए।
तर केही समयको रस्साकस्सीपछि अन्तत: सोमबार ट्विटर कम्पनी आधिकारिक रुपमा खरिद गर्न सफल भएका हुन्।
यसबाहेक मस्कको न्यूरालिंक नामक मानिसहरुको टाउकोमा डिभाइस राख्ने कम्पनीका साथै सडकहरु निर्माण गर्दा आवश्यक सुरुङ खन्ने बोरिङ कम्पनी पनि रहेको छ।
I’m so happy Twitter will continue to serve the public conversation. Around the world, and into the stars!
— jack (@jack) April 26, 2022
डोर्सीले ट्विटरमा प्रविधिले शासन गरेको विश्वका मानव जातिका बारेमा रहेको एउटा चर्चित गीत पोस्ट गर्दै लेखेका छन्, ‘कम्पनीका रुपमा ट्विटर मेरो व्यक्तिगत चिन्ता र पश्चाताप रहँदै आएको छ, यो कम्पनी वाल स्ट्रीट तथा विज्ञापन मोडलको अधीनमा छ।’
— jack (@jack) April 26, 2022
यसरी हेर्दा डोर्सीले मस्कको ट्विटर सब्स्क्रिप्शन बढाउने उपाय सही दिशातिर गएको बुझेका हुन सक्ने द भर्जले जनाएको छ।
प्रकाशित: १३ बैशाख २०७९, मंगलवार