
काठमाडौं ।
फ्रान्सको एवोलिस कम्पनीले उत्पादन गरेको प्राइमेसी -२ कार्ड प्रिन्टर भृकुटीमण्डपमा भइरहेको क्यान इन्फोटेक २०२२ मा आयोजित कार्यक्रमबाट बिक्रिको सुरुवात गरिएको छ। शुरुवाती कार्यक्रममा क्यान महासंघका प्रतिनिधि लगायत सूचना प्रविधि सम्बन्धि विभिन्न कम्पनीका प्रतिनिधीहरुको उपस्थिति थियो
बारकोड नेपालले उक्त कम्पनीका उत्पादनहरू सन् २००८ बाटै नेपालमा बिक्री वितरण गर्दै आएको छ। हालै बिक्रीमा ल्याएको प्राइमेसी-२ कार्ड प्रिन्टरबाट मध्यम र ठुला कार्यालयहरूको आइडी कार्ड, भिजिटर कार्ड, प्रिभिलेज कार्डहरू तत्काल कार्यालयमै छाप्न सकिने बताइएको छ ।
यसले प्रतिघण्टा २ सय ८० वटा रङ्गिन कार्ड छाप्न सक्ने तथा यस प्रिन्टर मा युभी प्रिन्टिङ, रि-राइटेबल कार्ड प्रिन्टिङ, डबल ले, ओभरले जस्ता विशेष कार्डहरू छाप्ने प्रविधि प्रयोग गरिएको एवं यसमा एक सय वटा कार्ड राख्न मिल्ने ठुलो हुपर राखिएको बताइएको छ।
प्राइमेसी -२ मा ल्यामिनेटर जोडेर एकै पटक ल्यामिनेटेड कार्ड उत्पादन समेत गर्न सकिने, यस सेरिजमा बैंकिंग कार्डहरू छाप्न आवश्यक पर्ने इन्कोडरहरु जडान गर्न मिल्ने गरी डिजाइन गरिएको तथा नेपालमा विभिन्न बैङ्क, सरकारी आयोगहरू, सरकारी कार्यालयहरू लगायत स्कुल, कलेज, अस्पतालहरूमा प्रयोग भइरहेको बताइएको छ।
प्रकाशित: १० बैशाख २०७९, शनिबार