
काठमाडौं ।
अमेरिकी अन्तरिक्ष नियोग नासाले ‘नियर-अर्थ स्पेस कम्युनिकेशन सर्भिस’ अर्थात् पृथ्वीनजिकको अन्तरिक्ष सञ्चार सेवाका लागि ६ ओटा अमेरिकी संस्थाहरु छनोट गरेको छ।
ती स्याटेलाइट कम्युनिकेशन स्याटकम सेवा प्रदायक संस्थाहरुले उक्त सेवा डेभलप गरेर प्रदर्शन पनि गर्ने र यस्ता सेवाले भविष्यमा हुने नासाका मिसनहरुलाई सहयोग गर्ने नासा डट जीओभीले उल्लेख गरेको छ।
एजेन्सीले एक वर्षभन्दा बढी समययता नियर अर्थ अपरेशनका लागि व्यावसायिक स्याटकमको सम्भाव्यता अध्ययन गर्दै आएको छ।
यो निर्णयले नासालाई आफ्नो समय र स्रोतसाधन गहन अन्तरिक्ष अनुसन्धान तथा वैज्ञानिक मिसनतर्फ केन्द्रित गर्न सहयोग पुर्याउने बुझिएको छ।
एजेन्सीको कम्युनिकेशन्स सर्भिसेज प्रोजेक्टद्वारा आर्थिक सहयोग गरिएका परियोजनाहरु २७ करोड ८५ लाख डलर बराबरका छन्। नासाले प्रत्येक कम्पनीले पाँच वर्षको डेभलपमेन्ट तथा प्रदर्शनको अवधिमा एजेन्सीको योगदान अनुरुप वा त्यो भन्दा बढी कार्यसम्पादन गरेर देखाउने अपेक्षा गरेको छ।
‘हामी व्यावसायिक कार्गो तथा क्रू सेवामार्फत् विकास गरिएको एजेन्सीको प्रमाणित तरिकालाई अनुसरण गरिरहेका छौं। आर्थिक सहयोग गरिएको अन्तरिक्ष ऐन सम्झौताहरु प्रयोग गर्दै हामी इन्ड टू इन्ड क्षमताको प्रदर्शन गर्दै सञ्चालन सेवातर्फ लैजान उद्योगलाई सिमुलेट गर्न सक्षम भएका छौं। ’, नासाको ग्लेन रिसर्च सेन्टरका सीएसपी प्रोजेक्ट म्यानेजर एली नाफ्फाहले भने।
प्रकाशित: १० बैशाख २०७९, शनिबार