सीएनएन स्ट्रिमिङ सेवा शुरु भएको एक महिनामै बन्द हुँदै

  • Technology Khabar | १० बैशाख २०७९, शनिबार
सीएनएन स्ट्रिमिङ सेवा शुरु भएको एक महिनामै बन्द हुँदै

काठमाडौं ।

सीएनएनले अमेरिकामा शुरु गरेको स्ट्रिमिङ सेवा एक महिना नपुग्दै बन्द गर्ने भएको छ।

हालै सीएनएनको नयाँ सञ्चालकले यस्तो जानकारी सार्वजनिक गरेको बीबीसीले जनाएको छ।

हालै वार्नर ब्रोज डिस्कभरीले आगामी अप्रिल ३० बाट उक्त सेवा बन्द हुने भएपछि ग्राहकहलाई शुल्क फिर्ता गर्ने जनाएको छ।

सीएनएन+ का प्रमुखले केही समयअघि राजीनामा दिएका छन् भने सयौं कामदारले जागिर गुमाउन सक्ने सम्भावना रहेको देखिएको छ।

आफ्ना ग्राहक सङ्ख्यामा उल्लेख्य गिरावट आएको बताएको स्ट्रिमिङ जायन्ट नेटफ्लिक्सको स्टक मार्केट भ्यालू यो हप्ता ५० अर्ब डलर घटेको बीबीसीले उल्लेख गरेको छ।

रिपोर्टहरुका अनुसार कम्पनीले यो सेवा डेभलप गर्न ३० करोड डलर लगानी गरेको भए पनि शुरुवात निकै सुस्त रहेको एक दिनमा जम्मा १० हजार ग्राहक मात्र बनेका थिए।

यसै महिनाको शुरुवातमा डिस्कभरी ताथ टेलिकम जायन्ट एटीएन्डटीबिच मर्जर भएपछि वार्नर ब्रोज डिस्कभरी सीएनएनको नयाँ मूल कम्पनी बनेको थियो।

प्रकाशित: १० बैशाख २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...